नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने दाबी गरेका हुन् । नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो ।

नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्नेमा जोड दिएका छन् । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर गरे ।

नेता कोइरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पारे । मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उन धारणा थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय