काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरुमा श्रमिक पठाउन बन्द गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्ष गराउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा सांसद पौड्यालले रुस र युक्रेनको युद्धमा नेपालीहरुले ज्यान गुमाइरहेको भन्दै ती देशमा युवाहरुलाई जान रोक लगाउनुपर्ने बताउनु भएको हो ।
उहाँले रुस र युक्रेन सेनामा भर्ती भएका नेपाली युवाहरुले आफुहरुलाई स्वदेश आउने वातावरण बनाई दिन भन्दै सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट भन्ने गरेको बताउनु भयो । स्वदेशमा रोजगारको सिर्जना हुन नसक्दा युवाहरु दिनहु हजारौंको संख्या विदेशीई रहेको र सरकारले पनि युवालाई युद्धग्रस्त देशमा जान छुट दिएकोले युवाहरुलाई मर्नका लागि बाटो खुला गरेको भन्दै सरकारसँग प्रश्न गर्नुभएको थियो । उहाँले युद्धग्रस्त देशमा जो कोहीलाई पनि जानबाट सरकारले तत्कालै रोक्नुपर्ने बताउनु भयो ।






