चन्द्रागिरि नगरपालिकाले नगरपालिका भित्र रहेको सबै २४ वटै सामुदायिक बिधालयमा सहजकर्ता सहितको बाल बिकास कक्षाको ब्यबस्थापन गर्ने कामको सुरुवात गरेको छ। बुधबार नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच च न पा – २ मा अवस्थित श्री भीम माध्यमिक बिद्यालयमा उक्त बाल बिकास कक्षाको उद्घाटन सम्पन्न भएको छ।




बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कर्ण बहादुर बस्नेतको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुजन राज खनाल, वरिष्ठ बिद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट, बिधालयका प्रधानाध्यापक इन्द्र प्रसाद काफ्ले, कार्यपालिका सदस्यहरु, उक्त वडाका जनप्रतिनिधिहरु, शिक्षकहरु, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख गिरिले भर्खरै मात्र बागमती प्रदेशमै एक मात्र यस नगरपालिकाले सम्पूर्ण सामुदायिक बिद्यालयका खेलकुद शिक्षकहरुलाई विशेष प्रशिक्षण उपलब्ध गराएको कुराको पनी जानकारी गराउनु भएको थियो । वहाँले च न पा – २ को तीन वटै सामुदायिक बिद्यालयहरु र कंकाली मा वि मा यसै शैक्षिक सत्रमा बिद्यालय बस उपलब्ध गर्ने र क्रमशः आवस्यकता अनुसार सबै सामुदायिक बिद्यालयहरुमा बस उपलब्ध गराउदै जाने कुरा बताउनु भयो। वहाँले बिद्यालयलाई उपलब्ध गराउदै आएको दिवा खाजाको बजेटमा पनि आउँदो आर्थिक बर्षबाट वृद्धि गर्ने कुराको पनि जानकारी दिनुभयो।

लगभग सम्पुर्ण बिद्यालय भवनको स्तरिकरण भैसकेकोले अब शैक्षिक गुणस्तर वृद्धि गर्न बाल बिकास कक्षा, सबै कक्षामा स्मार्ट बोर्ड सहित अध्ययन अध्यापन गर्ने ब्यवस्था, ब्यबहारिक तथा जिवनोपयोगी शिक्षा र प्राविधिक शिक्षा उपलब्ध गराउने तर्फ नगरपालिका प्रतिबद्ध रहेको कुरा वहाँले बताउनु भयो।

कोरिया सरकारको सहयोगमा बलम्बु मा वि मा प्राबिधिक शिक्षालयको भवन निर्माण अन्तिम चरणमा रहेको र थप स्थानमा पनि प्राबिधिक शिक्षालय निर्माण गर्न कोरिया सरकारले सहयोग गर्ने कुराको पनि नगर प्रमुखज्युले जानकारी गराउनु भयो।




