नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ का लागि दरखास्त आह्वान भएको छ । प्रमुख कार्यकारी अधिकृत छनोट समितिले आज दरखास्त आह्वान गरेको हो । स्नातकोत्तर पूरा गरेको, पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको र ३५ वर्ष पूरा भइ ६० वर्ष ननाघेको हुनुपर्नेलगायतका योग्यता तोकिएको छ ।

सीईओ छनोट समितिले आवेदनका लागि ७ हजार रूपैयाँ बुझाउनुपर्ने जनाइएको छ । इच्छुकले १२ दिनभित्र दरखास्त पेस गरिसक्न भनिएको छ । माघ दोस्रो सातादेखि पर्यटन बोर्डको सीईओ खाली छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय