साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । गत साता अवधिभर ओरालो यात्रा तय गरेको नेप्सेमा यो साताको सुरुवाती कारोबार दिनमै दोहोरो अंकको सुधार देखिएको हो । आज नेप्से परिसूचक २२ दशमलव ७५ अंकले बढेर २०२६ दशमलव ११ को विन्दुमा पुगेको हो । आज ३११ कम्पनीको ६४ हजार २ सय २१ पटकको कारोबारमा १ करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर किनबेच भएको छ ।

आज बजारमा ४ अर्ब २५ करोड ६६ लाख ७५ हजार ३ सय ३३ रुपैयाँको शेयर खरिद बिक्री भएको छ । कारोबारमा ९५ करोड २० लाख रुपैयाँको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । आज आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ त्यस्तै वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य भने आइतबार १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय