काठमाडौं । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ ९औं धनबहादुर स्मृति अफिसियल राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १० स्थित बोसी गाउँमा आयोजना हुन लागेको प्रतियोगिता यही चैत २८ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । २५ केजी देखि ६० केजीसम्मका महिला र २५ केजी देखि ६८ केजीसम्मका पुरुषले प्रतियोगितामा सहभागीता जनाउन पाउने छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडीले सहभागिता जनाउने धनबहादुर खेलकुद प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद तथा पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले गर्नुहुनेछ भने समापन पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवम् नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले गर्नुहुनेछ । प्रतियोगिताका विजेतालाई ट्रफि, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय