सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा चैत्र २७ गतेबाट १२ बर्षे पिण्डेश्वर महाकुम्भ मेला शुरु भएको छ । सोही अवसर पारेर जगतगुरु रामानन्द सेवा पीठ एवम् महायोगी सिद्ध बाबा आत्यात्मिक प्रतिष्ठानले भने छुट्टै कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा श्री वागेश्वरधाम सरकारको आगमन हुने भएको छ ।
कुम्भ मेलाकै अवसर पारेर कृष्णदाश महाराज संलग्न रहेको यो प्रतिष्ठानले कुम्भ ेमेलाको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा वागेश्वर धाम सरकारको उपस्थिति रहने भएको हो ।



बागेश्वर धाम सरकारबाट वैसाख ५ गतेबाट ५ दिनसम्म संकटमोचन हनुमान महायज्ञको आयोजना गरिने प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गोविन्द तिवारीले जानकारी दिए । यसका लागि एक लाख स्रोताहरुले बसेर श्रवण गर्न मिल्ने मण्डप समेत तयार भइरहेको उनले जानकारी दिए । भोजन र आवासको समेत व्यवस्था गर्न लागिएको सो महायज्ञको तयारी पूरा गरिएको उनले जानकारी दिए ।
उनले कुम्भ मेलाको मुल आयोजक समितिबाट कुनै सहयोग नभएको बताउनुभयो । यो सबै जगतगुरु रामानन्दका शिष्यहरुले व्यवस्थापन गरेको बताए ।
संकटमोचन वैसाख ५ देखि ११ गतेसम्म रहने उनले जानकारी दिए । कार्यक्रम अनुसार ५ देखि ९ गतेसम्म बागेश्वर धाम सरकारबाट श्री हनुमद् कथा, ७ गते दिव्य सन्तदर्शन तथा सम्मेलन, ९ गते श्री हनुमानमद कथाको पूर्णता, वैसाख ११ गते संकट मोचन श्रीहनुमद महायत्रको पूर्ण आहुति, हनुमान जयन्ति महोत्सव, १२ गते फूलपाति विर्सजन र १३ गतेदेखि २७ गतेसम्म सदगुरुदेवको निर्देशनम महायोग ध्यान साधना, बराहक्षेत्र ऐतिहासिक धामको विवेचना कार्यक्रम रहने तिवारीले जानकारी दिए । पूर्णकुम्म मेलाको अवसर पारेर आयोजना गर्न लागे पनि यो कार्यक्रम कुम्भसँग सम्बन्धित नभएको आयोजकले जनाएको छ ।



