काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुबीच पुनः एकता हुने संकेत गर्नुभएको छ । नेकपा एमालेको पार्टीक केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक सभामा प्रधानमन्त्री दाहालले वाम एकताबाट नै देशको भविष्य कोर्न सकिने बताउनु भयो ।
उहाँले देशमा कम्युनिष्टहरुको वाम एकतालाई आम जनताबाट अनुमोदन भएकोले सही कामको निम्ति आफुले प्रयास गर्ने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका लागि नेपालमा समाजवादको बाहेक विकल्प नरहेको बताउनु भयो । उहाँले समाजवाद नै अबको क्रान्तिको बाटो भएको दाबी गर्नुभयो ।



उहाँले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु राष्ट्रको लागि राम्रो भएकोले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।



