काठमाडौं । ६ जना एसएसपीको सरुवा भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका हुन् । अपराध अनुसन्धान विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुखको जिम्मेवारी दिएको छ भने काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय