इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ । विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको थियो । बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् ।

निर्वाचन आयोगले शनिवार मध्यरातीबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा चुनाव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय