काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमन भण्डारी अगाडी रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार भण्डारीले २ हजार ६ सय ३८ मत पाएका छन् भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहले २०२४ मत प्राप्त गरेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने तेस्रो स्थानमा रहेको छ । माओवादीका जनक बुढाले १७१७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९६२ मत पाएका छन् । मत गणना कडा सुरक्षाका बीच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय