काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताउनु भएको छ । सम्मेलनमा सहभागी भएका विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा पुनले सम्मेलन सफल भएको बताउनु भएको हो ।
उहाँले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागीताले लगानी सम्मेलन सोचअनुरुप सफल भएको दाबी गर्नुभयो । अर्थमन्त्री पुनले



सम्मेलनको उद्घाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का भएको सन्देश विश्वभर प्रवाह भएको समेत उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।



