काठमाडौं । नेपाल सरकारले १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले १ सय रुपैयाँको नोटमा डिजाइन परिवर्तन गरी चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।
हाल चलन चल्तीमा रहेको रुपैयाँ १ सय दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने सरकारको निर्णयमा उल्लेख गरिएको छ ।






