काठमाडौं । चन्द्रागिरि नगरपालिकाले युवाहरुलाई नगर सभा कसरी र कस्तो तरिकाले संचालन हुन्छ भन्ने विषयमा अभ्यास गराएको छ ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको नमूना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा प्रत्येक वडाबाट २ जनालाई समेटिएको थियो । राष्ट्रिय यूवा परिषद् सानो ठिमी भक्तपुरको समन्वयमा बैशाख २४ गते देखि २७ गतेसम्म कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले चार दिनसम्म संचालन भएको तालिमले युवाहरुको क्षमता विकास, आत्मविश्वास बृद्धि हुनुका साथै स्थानीय सरकार संचालन प्रकृया बुझ्ने अवसर मिलेको बताउनु भयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधिको भूमिका, काम कर्तव्य र अधिकारको विषयमा यो कार्यक्रमको माध्यमबाट युवाहरुले बुझ्ने अवसर पाएको बताउनु भयो । शाहीले आफ्नो अधिकार र कानूनको विषयमा युवाले जानकारी पाउँदा समाजमा निडर भएर युवापंक्ति अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय