जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको नयाँ दललाई निर्वाचन आयोगले मान्यता दिएको विरूद्ध अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा रिट दिएका छन्।सोमबार सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले आयोगविरूद्ध रिट दायर गरेका हुन्। यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएकाहुन।

उनले निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दिएका हुन्। यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गरेका छन्।

नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसदको ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ। मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ। वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय