काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै काँग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभा अवरुद्ध हुन पुगेको थियो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेसका अवरोधका बीच सभाका प्रक्रिया अघि बढाउन नसकिने भन्दै सभालाई २०८१ साल जेठ ६ गते आइतबार दिउँसो सवा १ बजेसम्म स्थगित भएको बताउनु भयो । सभा अध्यक्ष दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापनसमेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचना पढेर सुनाउन समेत वातावरण तयार नभएकोले कांग्रेसलाई विरोध नगरि दिन आग्रह गर्नुभएको थियो ।






