हिमाल आरोही कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरेर फेरि नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका अनुसार शेर्पा बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरो चुम्न सफल भएका हुन्। वसन्त सिजनको आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर अहिले आफ्नै नामको कीर्तिमान पनि तोडेका छन्। यही सिजनमा उनी दुईपटक सगरमाथा चढेकाछन् ।

यश अघि शेर्पाले ९ दिन पहिले मे १३ मा ३० औँ पटक सगरमाथा आरोहण गरेर विश्वकिर्तिमान कायम गरेका थिए। अहिले फेरि सोही आफ्नै कीर्तिमानी तोडेर नयाँ कीर्तिमानी कायम गरेका हुन्।बुधबारसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्। सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। सगरमाथा आरोहणका ७१ वर्षीय इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो। आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय