काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा गरेको रिट दायरको आज सुनुवाई हुन लागेको हो । रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

जेठ २८ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउने आदेश गरेको थियो ।

शर्मा र श्रेष्ठको इजलासले जीबी राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय