काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले स्वयं सेवक ब्युरो गठन गर्ने भएको छ ।

बिपद प्रतिकार्यको लागि वडा स्वयं सेवक ब्युरो गठन गर्न लागिएको वडा अध्यक्ष संजय सिग्देलले जानकारी दिए ।वडा क्षेत्रमा हुने आगलागि,बाढी पहिरो,हुरिबतास,चट्याङ लगायत बिपद पश्चात हुने प्रतिकार्यमा स्वयं सेवक परिचालित हुनेछन ।

ब्युरो गठनको लागि वडाले एक सुचना जारी गर्दै असार १२ गते बुधबार वडावासीलाई भेलाको आव्हान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय