नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएकाछन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकाहुन । यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले र बहुमतले पास भएको प्रतिक्रिया दिएकाहुन ।

उनले भने, ‘राम्रो छ र बहुमतले पास ग¥यो ।’प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नी भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय