काठमाडौँ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउने प्रयासमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन् । एमालेले पीडितलाई केन्द्रमा राखी विधेयक अघि बढाउन माग गर्दै आएको छ । यसअघिको कांग्रेस, माओवादी गठबन्धनको सरकार भएको समयमा एमालेले अवरोध गरेको थियो ।



अहिले समीकरण बदलिएपछि एमाले विधेयक अघि बढाउन तयार भए पनि कांग्रेस त्यति चासो देखाएको छैन ।



