काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टिआरसीमा नमिलेका विषयमा सहमति खोज्न कार्यदल गठन भएको छ । गत शुक्रबार तीन दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बसेको बैठकले सहजीकरण कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य रहेका छन् । कार्यदलले टिआरसी मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउनेछ ।






