काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणालाई पक्राउ गर्न सिआइबी टोली खटाइएको विषय समावेश गरी सार्वजनिक भएको समाचार तथ्यहिन भएको जनाएको छ ।
सिआइबीले एक विज्ञप्ति जारी गर्दै उक्त समाचार अफवाह फैलाउने हेतुले सम्प्रेषण भएकोले यस्ता समाचार प्रकाशन नगर्न आग्रह गरेको छ ।







