काठमाडौं । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गर्नुभएको छ ।

बर्तौलाले संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री स्पष्ट रुपमा अल्पमतमा परेकाले अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । एमालेले दाहाल नेतृत्वको सरकार कामचलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनै पनि ठूला निर्णय नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय