काठमाडौं । शुक्रबार देखि लगतार परेको पानीले विभिन्न ठाउँमा बाढीपहिरो जानुका साथै धनजनको क्षति भइरहेको छ । पानीसँगै आएको पहिरोले देशभरको विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायतका नदी खोलाका करिडोरमा पानीको बहाब बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोका विभिन्न पूर्व संकेतहरु पाउन सकिन्छ जनाएको छ ।

पहिरो आउन लागेको कसरी थाहा पाउने ?

–  जमीन भुक्क फुल्नु, भासिनु ,चिरा पर्नु, धाँजा फाट्नु
–  रुख विजुलीको पोल वा घरका खाँबा ढल्किनु
–  घरको भित्ता, पर्खालमा चिरा देखिनु
–  घरको झ्याल ढोका बांगिनु र खोल्न गाह्रो हुनु
–  जमीनभित्रबाट पलाउने पानी धमिलो हुनु
–  जमीनमुनि चट्टान फुटेजस्तो कट्कट् आवाज आउनु
–  जमीन थर्केको जस्तो हुनु

प्राधिकरणले यी संकेत पाउने बित्तिकै सुरक्षित स्थानमा गई सम्बन्धित वडा र प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय