काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान हुने बताउनु भएको छ ।
नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठन नै परिवर्तनका लागि भएको बताउनु भएको हो । उहाँले आफु पदका लागि मात्रै पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा नआएको स्पष्ट पार्नुभयो ।



करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा स्पष्ट पार्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत केही वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनु भयो ।



