काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको अन्त्येष्टि गरिएको छ । बिहीबार गएराति नगरप्रमुख नकर्मीको निधन भएको हो ।

लामो समयदेखि दुबै मृर्गौला रोगबाट पीडित नकर्मीको वीर अस्पतालमा मृत्युभएको थियो । उपचारको लागि उनी भारत गएपनि डाक्टरले मृर्गौला प्रत्यारोपण गर्ने समय गुज्रिसकेको भन्दै फिर्ता पठाई दिएको थियो । उनी केही दिन अघि मात्रै भारतमा उपचारका लागि गएका थिए ।

यसअघि नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कीर्तिपुर नगरपालिकामा राखिएको थियो । श्रद्धाञ्जलीका लागि पार्टी सभापति शेरबहादुर देउवा, शीर्ष नेता, अन्य नगरपालिकाका प्रमुख, उपप्रमुख, नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

स्वर्गीय नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय