काठमाडौं । ​नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनु भएको छ । काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उहाँले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनु भएको हो ।

उहाँले संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको दुई तिहाई बहुमत चाहिने भएकोले सरकारको बहुमत नपुग्ने बताउनु भयो । कोइरालाले संविधान संशोधनको लागि नेकपा माओवादी केन्द्रलगायतका अन्य राजनीतिक दलहरु पनि सँगै हुनुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय