काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चार वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम गिरीले श्री चण्डी भैरव माध्यमिक विद्यालय, श्री चण्डीकादेवी माध्यमिक विद्यालय, श्री भीम माध्यमिक विद्यालय र कंकाली माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनमा विशेष कार्यक्रमको आयोजना गर्दै ती विद्यालयलाई एक–एक वटा बस हस्तान्तरण गर्नुभएको हो । उहाँले नगरभित्र रहेका सबै सामुदायिक विद्यालयलाई नगरपालिकाले क्रमिकरुपमा बसको व्यवस्था गर्दै जाने बताउनु भयो । प्रमुख गिरीले नगरपालिकाको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै त्यसैको आधारलाई विद्यालयलाई बस हस्तान्तरण गरिएको र यसअघि पनि कंकाली माध्यमिक विद्यालयलाई एउटा बस नगरपालिकाले दिईसकेको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०८१-०८२ मा पनि चार वटा विद्यालयलाई बस हस्तान्तरण गर्ने कार्यपालिकाबाट निर्णय भईसकेको जानकारी दिनुभयो ।

प्रमुख गिरीले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुको गुणस्तर शिक्षाको लागि नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको र विद्यार्थीलाई स्कुल आउन र जानको लागि सरल र सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले ती स्कुललाई बसको व्यवस्था गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख गिरीले आगामी असोज महिनादेखि नगरपालिकाले नगर पाठ्यक्रम सुरुवात गर्न लागेको पनि जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय