काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । पाँच दिने भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा पुग्नुभएकी परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध, सीमा समस्या, विद्युत व्यापारलगायतका विषयमा छलफल भएको छ । मन्त्री राणा भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा दिल्ली पुग्नुभएको हो । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।

आज नै रक्षाबन्धन पनि परेकाले उहाँले माइती बनाएका भारतीय जनता पार्टी विजेपीका विदेशविभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँध्ने कार्यक्रम पनि रहेको मन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय