सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ । पहिरोले इन्द्रावती नदी थुनिएको छ ।

पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ । सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय