काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको दिउँसो दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ ।
आचार्यले सात वटा राजनीतिक दलले विश्वासको मत दिनेभएको छ । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपा पार्टीले पनि विश्वासको मत दिंदै छ ।



लुम्बिनीमा एमालेको २९ र कांग्रेसको २७ जना सांसद छन् । यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् ।
माओवादीका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १–१ गरी १३ सांसदले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेछन् ।



