काठमाडौं । राजधानी भित्रने र बाहिरिने प्रमुख नाका त्रिभुवन राजपथ एकतर्फीरुपमा संचालनमा आएको छ ।विहान करिब १० बजे मुख्य नाका नागढुंगा नजिकै पहिरो जाँदा सडक लगभग ७ घण्टा पूर्णरुपमा अवरुद्ध हुन पुगेको थियो । दिनभरको अविरल वर्षाले माथीबाट बारम्बार लेदो माटो खसेपछि बाटो खुलाउन कठिनाई उत्पन्न भएको थियो । बारम्बारको अथक प्रयासपछि साँझ ५ बजेबाट यातायात एकतर्फी संचालनमा आएको छ । वर्षा कमभएपछि दिउँसो २ बजेबाट अवरुद्ध सडक पन्छाउन ३ वटा एक्स्साभेटरको प्रयोग गरिएको थियो ।
एकतर्फी संचालन भएपनि माथीबाट ढुंगा र पहिरो जाने क्रम रोकिएको छैन ।













