स्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख २४ हजार ९ सयसहित भारतको वैशाली जिल्ला हाजीपुर नगरपालिका ४ निवासी मोहन कुमार र ललन कुमार पक्राउ परेका छन् ।
जलेश्वर नगरपालिका ३ मलिवारास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले गेट अगाड़ीबाटै उनिहरू पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बीआर ३१ एके ८८०७ नम्बर को कारमा डिक्कीमा लुकाई छिपाई नेपाल प्रबेश गरेको अबस्थामा सशस्त्र प्रहरीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।






