तीन हप्तापछि गमगढी–तारापानी सडक खुलेको छ । सोरु गाउँपालिका वडा नं. ८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आएपछि गत महिनाको १५ गतेबाट सडक अवरुद्ध हुन पुगेको थियो ।

सडक अवरुद्धपछि सोरुगाउँपालिका पुग्न र सदरमुकाम गमगढी जान तिनवटा गाडी फेर्नु पर्ने बाध्यता थियो । हिडडुल गर्ने अर्को बैकल्पिक बाटो नहुँदा पहिरो गएकै ठाउँमा जोखिम मोलेरै जानु पर्ने बाध्यता थियो । गाउँपालिकाले पहिरो पन्छाउन कोसिस गरेपनि लगातारको वर्षासँगै माथिबाट पहिरो खस्न नरोकिएपछि सडक खुलाउन सकिएको थिएन ।

यसैगरी तारापानीको सडक खुलेपनि सोरुकोट २२ किलोमिटरको सडक अझै सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय