काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताउनु भएको छ ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्न नहुने बताउनु भएको हो । उहाँले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने-नगर्नेभन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताउनु भयो । सरकारले घिसिङलाई कारबाही गर्दा देश र समाजमा राम्रो सन्देश नजाने दाबी गर्नुभयो ।



सार्वजनिक लेखा समितिले घिसिङलाई कारबाही गर्ने निर्णय गरेमा आफुले नोट अफ डिसेन्ट लेख्ने बताउनु भयो ।



