काठमाडौं । मातातीर्थ संरक्षण तथा विकास संस्थाले मातातीर्थ आमा सन्ध्याकालिन आरतीको हिसाब किताब सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष शान्ता उदासले २०८१ जेठ २४ गतेदेखि आमा सन्ध्याकालिन आरती सुरु गरिएको जानकारी दिनुभयो । उहाँले बाबुको मुख हेर्ने दिन अथात् कुशे औंशीको दिनसम्म गरी अहिलेसम्म चार पटक आरती भएको बताउनु भयो । उदासले हरेक महिनाको औंशीको एक दिन आरती गर्दा भजन मण्डललाई ३६ हजार रुपैयाँ, साउण्ड सिस्टमलाई १० हजार रुपैयाँ, प्रसाद, मेच, बत्ती, घिउलगायत गरी १० हजार रुपैयाँ गरेर ५६ हजार खर्च हुने गरेको बताउनु भयो । उहाँले पहिलो दिन भक्तजनबाट १३ हजार रुपैयाँ संकलन भएको र बाँकी रकम ४३ हजार समितिले राखेको जानकारी दिनुभयो ।

दोस्रो पटक मिति असार २१ गते भएको आरतीमा १५ हजार रुपैयाँ संकलन भएको र बाँकी रकम ४१ हजार समितिले राखेको तथा साउन २० गतेको आरतीमा ३१ हजार समितिबाट र २५ हजार रुपैयाँ भक्तजनबाट उठेको उदास बताउनु हुन्छ । उहाँले तीनवटा आरतीबाट १ लाख ६८ हजार खर्च भएको र भदौ १७ गते सोमबार कुशे औंशीका दिन सन्ध्याकालिन आरतीमा भएको आम्दानी खर्चको हिसाब आगामी कार्यक्रममा पेश गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय