काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप भएको छ ।

प्रतिनिनिधि सभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गर्नुभएको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो । थापाले संसद्‍मा समितिले गरेको अहिलेसम्मको प्रगतिको विषयमा जानकारी गराउनु भएको थियो ।

थापाले अहिलेसम्म समितिको ५१ बैठक बसेको, मुलुकमा विद्यमान सहकारी समस्याको जरैदेखि पहिचान र समाधान गर्ने गरी विभिन्न सरोकारवाला र विज्ञसँग समेत छलफल भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय