मुगु जिल्लाको सोरु गाउँपालिका–६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरुकोटबाट गमगढी फर्किने क्रममा ग. १ ज ६४६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
जीप मोडमा व्याक गर्ने क्रममा करिब १ सय मिटर तल खस्दा गाडीमा सवार दुई जना मध्य चाकल तथा जीप धनिको मृत्युभएको प्रहरीले जनाएको छ । मृत्युहुनेमा सोरु गाउँपालिका–३ भिँईका नर बहादुर बुमि रहेको छन् । सहचालक गाडी व्याक गर्दा बाहिर निस्केकोले उनी सुरक्षित रहेको इलाका प्रहरी चौकीले जनाएको छ ।



दुर्गम जिल्लाहरुमा प्रायः हुने सडक दुर्घटनाहरु साघुरा सडक, सेप्टिबाल नहुनु र घुम्तीमा मोड नहुनाले नै हुने गरेका छन् ।



