काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । नेकपा माओवादीसँगको सहकार्य तोडेर कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाएका ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री असोज १५ गते स्वदेश फर्कनु हुनेछ । न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली अमेरिका जान लागेको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

भ्रमणमा प्रधानमन्त्रीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय