काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक साँझ ६ बजे बस्नेछ ।
बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गर्नुभएको छ । मन्त्री राणाले आइतबार मन्त्रालय तहबाट यादवको नाम पेश गर्नुभएको थियो । मन्त्रिपरिषद बैठकले अनुमोदन गर्दैछ ।



कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्वउपसभामुखको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको छ ।



