काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रूपमा एकीकृत भएर पूर्वाधारमैत्री ऐन कानुन बनाउन एकजुट हुनु पर्ने बताउनु भएको छ ।

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा अध्यक्ष सिंहले महासंघको पहलमा बैंकिङ कसुरका सम्बन्धमा शतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएको बताउनु भएको हो ।

कार्यक्रममा निर्माण व्यवसायी निकोलस पाण्डेले निलो पाइन्ट र सेतो टिसर्ट लगाउने व्यक्ति पढेलेखेको सरकारी गुण्डा भएको बताउनु भयो ।
उहाँले निर्माण व्यवसायीका लागि वास्तवमै दुस्मन सरकारभन्दा पनि कर्मचारी भएको दाबी गर्नुभयो । उहाँले निजामती कर्मचारीले अघिल्लो पुस्ताका निर्माण व्यवसायीलाई पनि दुःख दिएको र अहिले पनि पहिलेको भन्दा बढी दुःख दिने गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय