काठमाडौं । दशैंका लागि यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका छन् भने लामो दुरीको बसको टिकट भने असोज महिनाको पहिलो हप्तादेखि खुला हुने भएको छ ।
एयरलाइन्सहरूले दशैंका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैन । तर, पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दशैंलाई भन्दै अग्रिम बुकिङ लिने गर्दछन् ।



दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट बुकिङ खुला गर्ने गरिँदै आएको छ ।
यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल गरी असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको जनाएको छ ।



