काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति र सभ्यता बिग्रिए फेरि जगेर्ना गर्न नसकिने बताउनु भएको छ ।
ललितपुरमा आयोजित ज्यापू समाज यलको ३१औँ वार्षिकोत्सव तथा ११औँ साधारण सभामा प्रधानमन्त्री ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएकोले राजनीतिक र आर्थिक स्थिति बिग्रिए सुधार्न सकिने तर संस्कृति र सभ्यता बिग्रिए सुधार्न नसकिने बताउनु भएको हो । उहाँले नेवार समुदायको भान्छामा पाक्ने खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको बताउनु भयो ।



कार्यक्रममा ज्यापू समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।



