काठमाडौं । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको मूल्य घटाएको हो ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल-मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ । ग्यास, हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।







