मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिएकाहुन । उनका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् ।

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो । हामी अनुसन्धानकै क्रममा छौँ । अहिले यसबारे थप विवरण खुलाउन मिल्दैन, डीआईजी अर्यालले भने । उनका अनुसार प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैगरि दुर्गा प्रसाई‌ पक्राउको विरोधमा उत्रिएका उनका ५ जना कार्यकर्ता समेत पक्राउ परेका छन्। भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय