काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र मोदीबीच लोते प्यालेसमा भएको थियो ।
द्वीपक्षीय भेटवार्ताको क्रममा मोदीले नेपालको छिट्टै भ्रमण गर्ने बताएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिनुभयो ।



भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्यूयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाको सहभागिता रहेको थियो ।
भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता भएको थियो ।



