सिन्धुली । विश्व हिन्दु महासंघ, नेपाल जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा सदरमुकाम सिन्धुलीमाडीमा जेष्ठ दलित सम्मान तथा सहभोज कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी प्रा. डा. मुकुन्द प्रसाद गजुरेलको प्रायोजनमा गरिएको जेष्ठ दलित सम्मान तथा सहभोज कार्यक्रममा ८० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरियो हो । हस्त, शिल्प, साहित्य, उद्योग र धर्म तथा संस्कृति बचाउन २ हजार भन्दा बढी पटक भजन कीर्तन गरिसक्नु भएका हरिनाम संकृर्तन मण्डल समेत गरी ५ जना दलित समाजका अगुवा तथा स्वरोजगार प्रदानकर्ताहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।



कार्यक्रममा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलानाथ शर्मा, जिल्ला प्रहरी प्रमुख गोबिन्दराज काफ्ले र सशस्त्र प्रमुख बलराम प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।



