काठमाडौं । मातातीर्थ गोल्डकपमा आज तीन खेल हुँदैछ । मातातीर्थ चौरमा हुने पहिलो खेलमा प्लेयर्स युथ क्लव र एम्रेष्ट युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरुहुनेछ ।
यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा ल्याक्तो युथ क्लव र फार भिजन युथ क्लवबीच हुनेछ । आजै हुने तेस्रो खेलमा लोरेन युथ क्लब र किसिपिडी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



यसअघि ७ गते भएको उद्घाटन खेलमा भुईखेल क्लबले विजयपुर युथ क्लबलाई पराजित गरेको थियो । यस्तै ८ गते भएको पहिलो खेलमा विआर ब्रदर्स युथ क्लव र दोस्रो खेलमा मिलन युथ क्लव विजयी भएको थियो ।
नकआउट चरणमा खेलाईएको खेलमा १८ टिमको सहभागिता रहेको छ ।



