मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका दुई ढोका खोलिएका छन्। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो। आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए।हाल प्रतिमिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकताअनुसार थप खोलिँदै जाने प्रमुख भट्टको भनाइ छ।
कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेँसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ। कुलेखानीको क्षमता १५३० मिटर छ।






